तल स्क्राेल गर्नुहाेस्

२०६९ मंसिर १५

कम्पनी स्थापना हुँदा देवीप्रकाश भट्टचन, विनोद थकाली, कुसुम लामा र दक्ष पौडेलेको गरेर जम्मा एक लाख कित्ता शेयर छ।

२०७० माघ २०

विनोद थकालीको नाममा रहेको २० हजार कित्ता शेयर देवीप्रकाश भट्टचन र कुसुम लामाको नाममा नामसारी हुन्छ।

२०७१ बैशाख ९

कम्पनीको चुक्ता पुँजी ५ करोड पुगेपछिको शेयर स्वामित्व

२०७१ पुस १३

देवीप्रकाश भट्टचनले आफ्नो हिस्साको २ लाख ७५ हजार कित्ता शेयर भतिज मिजास भट्टचनको नाममा सार्छन्।

२०७२ कात्तिक २२

"कम्पनीको चुक्ता पुँजी बढेर ७ करोड पुगेपछि मिजासको नामको शेयर ३ लाख ८५ हजार कित्ता पुग्छ। "

२०७२ मंसिर १०

कम्पनीको चुक्ता पुँजी १२ करोड पुर्‍याइन्छ। मिजासको शेयर हिस्सा ६ लाख ६० हजार कित्ता पुग्छ।

२०७२ पुस २२

मिजासको नामको १२ हजार कित्ता शेयर ध्रुवचन्द्र धितालको नाममा नामसारी हुन्छ।

२०७४ जेष्ठ ११

मिजासको नाममा रहेको ६ लाख ४८ हजार कित्ता शेयर देवीप्रकाश भट्टचनकी छोरी शिक्षाको नाममा नामसारी हुन्छ।

२०७५ फागुन ९

शिव शर्माको १ लाख २० हजार कित्ता शेयर दक्ष पौडेलको नाममा नामसारी हुन्छ।

२०७७ असार १६

शिक्षा भट्टचनको नाममा रहेको सम्पूर्ण शेयर कम्पनीमा कार्यरत कर्मचारी र कुसुम लामाको नाममा सारिन्छ।

२०७८ साउन २९

प्रभु ग्रुपकै दक्ष पौडेल र प्रभु मेनेजमेन्टका कर्मचारीको नामको शेयर कुसुम लामाको नाममा नामसारी हुन्छ।

चार्ट: केशु लामिछाने